फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्ग

काठमाडौँ, २४ वैशाख । पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङका अनुसार फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले ५० लाख  रुपैयाँ बजेट छुट्ट्याएर काम सुरू गरेको हो । 

यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दुरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताउनुुभयो । हालसम्म लगभग दुई किलोमिटर पदमार्ग तयार भइसकेको उनले जानकारी दिए । 

पाेखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेका अवस्थामा बन्न लागेको यस पदमार्ग बहुउपयोगी बन्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।