इजरायल पठाइदिन्छु भन्दै रकम ठगी

काठमाडौँ, २४ वैशाख । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार पक्राउ गरेको हो । 

लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको बताइएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सहयोग रकम

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ