बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

काठमाडौँ, २४ वैशाख । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । 

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सब डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सब डिभिजनअन्तर्गतका नौ, सिक्टा सब डिभिजनका १८, राप्तीसोनारी सब डिभिजजनका चार, कोहलपुर सब डिभिजनका २२ र शम्शेरगञ्ज सब डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् ।  

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए। उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा