राजनीतिक अस्थिरता विकासका निम्ति घातक : प्रवक्ता महत

काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका निम्ति घातक रहेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको जिकिर गरे । जसले अस्थिरता निम्त्याए पनि लोकतान्त्रिक आन्दोलन र विकासका निम्ति यो घातक रहेको उनले उल्लेख गरे ।

उनले चाँडै विकास र स्थिरताप्रति समर्थित सरकार आउने दाबी गरे । मुलुकमा राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने उनले धारणा राखे । उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्नेमा जोड दिए । अविश्वासको जगमा बनेको वर्तमान सरकार त्यसकै कारणले चाँडै टुंगिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका

काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा

काठमाडौँ, २२ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय

काठमाडौँ, २२ असोज । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता