एमाले गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

पोखरा, २२ वैशाख । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ ।

प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उदघाटन गर्नु भएको थियो । थापाले एमालेका  नेतृत्वमा रहेका पालिकाहरू सुशासन र विकासका नमुना बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीले पारदर्शिता जवाफदेहिता सहितको विधिको सुशासनमा जोड दिदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न आग्रह गर्नुभयो ।  

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जन-प्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पुरा हुने भन्दै सुखी नेपाली सम्वृद्ध नेपालको  सपना पुरा गर्न प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले  छिटो छरितो परिणाममुखी बनाउन सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, सचिव हर्कराज राइ, पार्टीको केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले उक्त प्रशिक्षणमा सहजिकरण गर्ने सचिव दवाडीले बताउनुभयो ।

प्रशिक्षणमा  एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख, उप-प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उप-प्रमुख र प्रत्येक जिल्लाबाट एक जना  वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेशका उप-सचिव तथा प्रचार एबम  प्रकासन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ताजा जनादेशको विकल्प नभएको बताएका छन् ।  आज झापाको विर्तामोडमा पत्रकार

काठमाडौँ, २९ पौष । नेपाल राष्ट्र बैंकले एकपछि अर्को ऋणपत्र निष्कासन गरिरहेको छ ।  यही क्रममा आज पनि एकवर्षे अवधिका लागि

धनगढी, २९ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्

काठमाडौँ, २९ पौष । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने