काठमाडौँ, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।
आज एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक रहेको बताए।
उनले भने, ‘मिसन-८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।’ उनले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुल, त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका छन् ।
उनले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए । सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । उनले भने, ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो। तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,’ ।