काठमाडौँ, २१ वैशाख । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका वडा नम्बर-१ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको हो ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।