काठमाडौँ, २० वैशाख । आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।