सिम्रिक एयरका पाइलट निलम्बन

काठमाडौँ, १९ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । 

प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै ती पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरेको हो । 
 
मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौँ आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो । त्यसपछि कतार एयरवेजको जहाजमा ट्राफिक अलर्ट एन्ड कोलिजन एडभाइस (टिकास)ले वार्निङ दिएको थियो । 

जहाज ल्यान्ड गरेपछि कतार एयरवेजका पाइलटले विमानस्थललाई रिपोर्ट गरेका थिए । त्यसपछि विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गर्दै घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य

काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग

काठमाडौँ, २२ असोज । भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई