काठमाडौँ, १८ वैशाख । अनलाइन मार्फत ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी हुन् । आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको बताइएको छ । आरोपी काठमाडौँको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् ।