काठमाडौँमा दिनदहाडै चोरी

काठमाडौँ, १८ वैशाख । काठमाडौँ जिल्लाका दुई स्थानमा दिनदहाडै चोरी भएको छ । काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको हो ।

काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा