कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ, १८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् ।

तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् । 

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप