प्रमाणपत्र लिँदै सुहाङले भने, ‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

काठमाडौँ, १८ वैशाख । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले मत दिनेको शिर कहिल्यै झुक्न नदिने गरी काम गर्ने वाचा गरेका छन् ।

आज इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् । 

प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । उनले भने, ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, । 

उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक

काठमाडौँ, २२ असोज । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका

काठमाडौँ, २२ असोज । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा