नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ, १८ वैशाख । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार