नरेस्वर ज्ञवाली
मेरो जन्म २०१२ सालमा गुल्मी जिल्लाको दक्षिण पाल्पा र अर्घाखाँचीको सिमानाजो रिडी खोलाले छुटाइएको छ । साविक दौघा हाल क्षत्रकोट गाउँपालिकामा भएको हो । जहाँका पुर्खाहरु त्यहाँको मानव बस्तीको विकास देखिनै पिउने पानीको अभावले तड्पिएर बसेका थिए । चौबिसे राजाहरुदेखि शाहा वंशीय हँुदै राणशासन काल र निरंकुश पञ्चायती शासनमा समेत खानेपानी समस्याको समाधान भएन । गणतन्त्र पछि मात्र खानेपानीको समस्या स्थाइ रुपमा समाधान भएको छ । म मेरो बाबाज्वोतिषी सिद्धी प्रसाद ज्ञवाली र आमा इद्रमाया ज्ञवालीको छैठौ सन्तानको रुपमा मेरो जन्म भयो । कान्छो भएको कारण सबैको लाडप्यार त हुनेनै भयो ।
समय परिस्थिती बदल्दै गयो मैले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट र १० कक्षा अर्थात एसएलसी मानकोट र तम्घासबाट पुरा गरे । मलाइ एसएलसी पुरागरे पछि मेडिकल शिक्षा पढने प्रवल इच्क्षा भयो सोहि अनुसार नै चिकित्साशात्र अध्यन संस्थानको पहिलो पटक तानसेनमा क्याम्पस खुल्यो र २०३२ सालमा म उक्त क्याम्पसमा भर्ना भए २०३४ सालमा अध्यन पुरा गरी स्वास्थ्य सेवा विभागबाट नियुक्ती लिइ पितौजीघाट हेल्थपोष्ट नवलपरासीमा जागिरे भए । २०३५ सालमा पञ्चायती निरंकुश सरकारले स्वास्थ्य ऐन २०३५ जारी गर्यो । त्यसले २०सौं हजार चिकित्सा सहायक कर्मचारीहरुको प्राक्टिस माथि बन्देज लगायो र सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बने । त्यहि क्रममा रुपन्देही छपियामा कार्यरत हिरा शर्मा जो मेरो क्लासमेट थिए । उहाँ मलाई भेटन आउनु भयो र यस विषयमा धेरै छलफल भयो पूर्वतिरका साथीहरुले अखिल नेपाल चिकित्सा सहायक संघ गठन गर्ने पहल गर्नुभयो । त्यसमा हामीहरुले पनि साथ दियौं । आन्दोलनकै क्रममा चितवनमा रम्भा देवानसँग भेट भयो । यसरी सबै चिकित्सा सहायक साथीहरु आन्दोलित भयौं र हामीलाई प्रशासनलै सरकार विरोधीको रुपमा हेर्न थाल्यो हामीहरु सतर्क हुन थाल्यौ ।
त्यसै क्रममा हिरा शर्माले नेकपा को के को सम्पर्कमा एकजना साथी गोपाल शाक्यलाई लिएर म कार्यरत हेल्थपोष्टमा आउनुभयो । उहाँसँग पटक पटक भेटघाट हुँदै गयो र मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिलाइयो । २२, २३ वर्षको मेरो दिमागलाई यस्तो बनाइयो कि घर परिवार आफ्नो करियर भविष्य कुनैलाई सोच्नै नपर्ने बनायो । यो तत्कालीन नेकपा को के को उग्रलाइन थियो । म जागिरकै क्रममा भेडाबारी बेल्डीया र आपासका सुकुम्बासी बस्तीहरुमा संगठन र्निमाणको काममा लागिनै रहे । मलाई गाउँ गाउँ जान सजिलो नै थियो । बिरामी हेर्ने बहना गरिन्थ्यो । त्यो क्षेत्र नेपाली कांगे्रसको प्रभावित क्षेत्र मानिन्थ्यो । त्यहाँ नजिकै बेल्डीहामा नेकपा मानन्धर समुहका एकजना पुराना कम्युनिष्ट साथी भिमनिधी तिवारी हुनुहुन्थ्यो । उहाँ पछि नेकपा मालेमा आउनुभयो । उहाँसँग धेरै जसो भेटघाट छलफल भैइनै रहन्थ्यो ।
एक किसिमले भन्ने हो भने कोके कालको पश्चिम नवलपरासीको सम्पर्क व्यक्तिनै म थिए । बामपन्थी राजनितीमा मेरो गुल्मी गाउँको पारिवारीक अवस्था त्यस्तो सचेत त थिएन । मेरो बाबा त्यस क्षेत्रकै प्रख्यात जोतिषी हुनु हुन्थ्यो त्यहाँ दाजुभाइका दाइहरुले माओको रेडबुक र किमइलसँगको जुछे बिचार धाराको किताव पढेको देख्दा र मैले पनि एसएलसी दिइसकेपछि घर बसेको बेलामा गाई भैंसी चराउन जादा लुकि लुकि उक्त कितावहरु पढ्थे र म समाजवादी समाजको अवस्थाको बारेमा जान्ने अवसर पाए र आर्कसित भए । जसको कारण मलाई कम्युनिष्ट बिचारले चाडैनै आर्कषण गर्यो ।
२०३५ सालमा नेकपा माले जिल्ला संगठन कमिटी नवलपरासी बन्यो । जसमा गोपाल शाक्य सीता खड्का धर्म केसी गणेश भट्टराई रामबहादुर क्षेत्री र म लगायत साथीहरु थियौं । त्यसपछि हामीले पुरा जिल्लालाई नै आधार मानेर संगठन निमार्णलाई व्यापक बनाइयो । नवलपरासीका पहाडका १० वटा गाउँहरु मध्य बुलिंगटार र रकुवामा हाम्रो संगठन थियो । मैले त्यस क्षेत्रमा भुमिगत रुपमा बसेर कार्य गरे । त्यति बेला नेकपा माले भित्र इमान्दार र योग्य कार्यकर्तालाई पूर्णकालिन बनाउने अभियाननै चलाइएको रहेछ । त्यो बापत माथिल्लो कमिटीका साथीहरुकोे उच्च मूल्यांकन हुने रहेछ । उक्त कुरा मइले धेरै पछि थाहा पाए । नवलपरासीको इन्चार्ज गोपाल शाक्य भएकाले उहाँले मलाई टार्गेट बनाउनुभयो । उहाँको रोजाइमा म रहेछु, जसले दुर भविष्यको बारेमा सोच्दै सोचेन, त्यस्तैनै बनाइयो ।
म पूर्णकालीन बनेर वि.सं. २०३६ सालमा नवलपरासीको सर्दिमा गए । त्यहाँ जादा बिरामी हेर्ने सामानहरु र औषधीसमेत बोकेर गएको थिए । जाँदा मध्यरातमा न अफिसका साथीहरुलाई खबर न घरपरिवार न जिल्ला जनस्वास्थ्य कार्यालयलाई कस्तो भगाई चोर भागे जस्तो । अहिले सोच्दछ,ु म लगाएत धेरै साथीहरुलाई त नेकपा मालेले उनीहरुको करियर र भविष्यलाई बर्बादै गरेको रहेछ । अहिले नेकपा मालेबाट एमाले बनेको छ तर पुराना साथीहरुको कुनै मूल्याङ्कन छैन, नातावाद र बिचौलिया पार्टीभित्र हावी छ ।
म सर्दिमा भएको बेलामा मेरो घरमा ठूलो घटना घट्यो । बाबाको मृत्यु भएछ । कसरी मलाई खोज्ने घरपरिवारमा आपत पर्यो । धेरै कोशिसका बाबजुद एकजना दाइ लोक बहादुर मेरो सम्पर्कमा आउनु भयो र मलाई लिएर जानु भयो । र मैले धार्मीक विधी विधान पुरा गरि म पुनः कार्यक्षेत्रमै फर्के । मैले स्वाथ्यकर्मीको बहानामा जिल्ला भरिनै संगठन निमार्णमा जुटे । कम्युनिष्ट पार्टी भित्र यो कस्तो न्याय हो । सरकारी जागीर छुटाएर पार्टीको स्वार्थमा लगाउने उसको जवानी परिवार भविष्य त्याग्न लगाउने, यस्तो पनि कहि हुन्छ ? उसको जीवन बर्बाद गरिसकेपछि आजसम्म पनि एमाले पार्टीले कुनै मुल्याङ्कन नगर्ने यो कस्तो बिडम्वना हो । इतिहासले पक्कैपनि समिक्षा गर्नेछ ।
यसरी म सर्दिलाई मुकाम बनाएर बस्दा अनेकौ समस्याको सामना गर्नुपर्यो । कम्युनिष्ट हरुले गोप्य रुपमा सर्दिमा ठूलो अस्पताल बनाएका छन् भनेर तत्कालिन शासकहरुले जिल्ला भरिनै हल्ला पिटाएछन् र त्यसको ब्यापक रुपमा खोजिनिती गर्न थाले र अर्को एउटा घटना पनि त्यहि क्रममै भयो । म जुन घरमा बसेको थिए त्यो घरको साथीको लाइसेन्स वाला भरुवा बन्दुक रहेछ । एकदिन साँझमा मैले प्राक्टस गरेको एकजना बिपक्षी गाउँलेले देखे । त्यस पछि त झन् गोरिल्ला तालिम दिइरहेका छन् भन्ने हल्ला पिटाए र प्रहरीले पनि खोज्न थाल्यो ।
अब त्यहाँ एकदिन पनि बस्न सुरक्षीत नहुने भएपछि पार्टीले मलाई पाल्पा जिल्लामा सरुवा गर्यो । पाल्पामा पहिले सिद्धीनाथ ज्ञवाली सचिव रहेको नेकपा मालेको जिल्ला संगठन कमिटी थियो । २०३७ सालमा म गइसकेपछि गोपाल शाक्य सचिव रहेको जिल्ला संगठन कमिटी पुनर्गठन भयो । जसमा विष्णु पौडेल म र लक्षमण घिमीरे सदस्य रहयौं । संगठन कमिटीले हाम्रो कार्यबिभाजन पनि गर्यो । जसमा आर्य भन्ज्याङदेखि पूर्वको क्षेत्र मेरो जिम्मेवरीमा थियो र कमरेड बिस्णु पौडेलको क्षेत्र पूर्वी पाल्पा थियो । यसरी पाल्पामा नेकपा मालेको जिल्ला संगठन कमिटी बनेको थियो ।
तर हालै प्रकाशित पूर्वी पाल्पाका कमरेड यमनाथ पाठक स्मृती ग्रन्थमा नेकपा एमालेका उपाध्यक्ष कमरेड बिष्णु पौडेलले आफ्नो लेखमा २०३७ साल पछिको पाल्ला जिल्ला संगठन कमिटीमा गोपाल शाक्य र मेरो नाम कहिकतै पनि उल्लेख गर्नू भएन । एक जिम्मेवार कमरेडबाट इतिहासको तथ्यलाई जस्ताको तस्तै राख्नु पर्दथ्यो, सायद विर्सिनु भएको हुन सक्छ ।
२०३८ सालदेखिनै कमरेड गोपाल शाक्यले पार्टीको मार्गदर्शक सिद्धान्त, आधरभुत र प्रधान अन्तरबिरोध, राजनितीक संयुक्त मोर्चा र माओत्सेतुङसँग विचारधारा लगाएत १२ बुँदामा गम्भीर मतभेद राख्नु भएको थियो । उक्त विवादहरु २०३९ सालको शुरुमा पाल्पा जिल्ला संगठन कमिटीमा राख्नुभयो । हामी सबैनै उहाँको बिचारमा सहमत भयौं । अब के गर्नै भन्ने भएपछि गोपाल शाक्य र मैले पार्टीबाट बिद्रोह गरि बाहिर प्रचारमा लैजाने निर्णय गरि कमरेड विष्णु पौडेलले पार्टी भित्रनै अन्तर संघर्ष गर्ने निर्णय भएको हो । त्यति बेलाको यथार्त तथ्य यहिनै हो । पार्टीले त्यतिबेला राखेका विषयहरु सम्पूर्ण पुरा गरेकोले हामीहरु पुन २०४५ सालमै पार्टीमै समाहित भयौं । जहाँ जसले पनि कुनै न सन्दर्भमा भए पनि आफ्ना विचार प्रस्तुत गर्दा इतिहासको तथ्यलाई लुकाउनु न्याय संगत हुँदैन । कम्युनिष्ट आन्दोलनको इतिहासमा पक्कै पनि समिक्षा होला ।
काठमाडौँ ।