फरार वडाध्यक्ष पक्राउ

काठमाडौँ, १७ वैशाख । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो । तामाङलाई आइतबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी

काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन