‘हात्तीपाइले रोगविरुद्धको औषधिबारे भ्रममा नपरौँ’

काठमाडौँ, १७ वैशाख । सरकारले आइतबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, महोत्तरी र कपिलवस्तुमा अभियान सञ्चालन गरिँदै छ ।

ती सात जिल्लामा यसअघि आमऔषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल भएको थिएन । सोही कारण पुनः अभियान सञ्चालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

डा. मरासिनीका अनुसार, सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजारजनालाई औषधि खुवाइनेछ । हात्तीपाइलेको जीवाणु कम्मरमुनिको भाग विशेष गरी घुँडादेखि तल र अन्डकोषमा बस्ने हुन्छ । त्यसपछि त्यही स्थानमा नयाँ जीवाणु उत्पादन गर्दै जाने हुँदा अधिकांश हात्तीपाइले रोगीका खुट्टा असामान्य देखिन्छ । यसरी खुट्टा वा अन्डकोष सुन्निएका रोगीको शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, अधिकांश व्यक्तिमा यसको लक्षण ढिलो देखिन्छ । कतिपयमा लक्षण नदेखिए पनि जीवाणु रहिरहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००१ मा विश्वका ७१ देशमा हात्तीपाइले संक्रमित रहेका प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये लगातार औषधि वितरण कार्यक्रममार्फत २६ देशमा हात्तीपाइले पूर्ण रूपमा निवारण भइसकेको छ । सन् २०२३ मा आइपुग्दा ४४ देशका झन्डै ८८ करोड जनसंख्यामा हात्तीपाइलेविरुद्धको औषधि अभियान चलाइएको संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको सिफारिसमा ७१ मुलुकमा प्रयोग गरिएको औषधि नै नेपालमा पनि वितरण गरिएकाले यसबारे भ्रममा नपर्न ईडीसीडीले आग्रह गरेको छ ।

हात्तीपाइले रोकथामका निम्ति लगातार ६ वर्षसम्म प्रतिवर्ष एक मात्राका दरले औषधि सेवन गर्नुपर्ने हुन्छ । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्ने, रिँगटा लाग्नेजस्ता लक्षण देखिन सक्छ । यस्ता लक्षण थोरै समय रहने र विस्तारै ठिक हुँदै जाने हुन्छ । तर, कसैलाई लामो समय रहेमा औषधि वितरण गरिएकै स्वास्थ्य संस्थाबाट सल्लाह र उपचार सेवा लिन ईडीसीडीको सुझाव छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार