भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौँ, १६ वैशाख । नवलपरासीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज बिहान साढे १० बजे सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवली-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।