काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।
यसका लागि बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउनुपर्ने महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् । निःशुल्क उपचारका लागि काठमाडौँ महानगरसँग ५२ अस्पतालका २७४ बेड रहेका प्रमुख शाहले जानकारी दिए । यसका लागि ११८० मा फोन सम्पर्क वा काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने उनले बताए ।
निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :
१. नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/परिचय पत्र,
२. राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाणपत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो,
३. रोग पहिचान भए सोको कागजप,त्र
४. अनुसूची–५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज,
५. सम्बन्धीत स्थानीय तहको वडा कार्यलयले उपचारको लागि अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र,
बेवारिसे बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।