काठमाडौँको यी क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध

काठमाडौँ, ८ बैशाख । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्यरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । यस्तै, मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । प्राधिकरणका अनुसार आज नुवाकोट र सुर्खेतका विभिन्न ठाउँमा पनि केही समय विद्युत सेवा अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।प्रतिनिधिसभाको बैठक बिहान ११

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन्