चैतमा ७० हजारद्वारा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिएर ४२ हजार ४९० जना विदेश गएका छन् भने २८ हजार ४४३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । चैत महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ८१८ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १५ हजार ४८३ पुरुष र दुई हजार ३३५ महिला रहेका छन् । त्यस्तै साउदी अरेबियाका लागि १३ हजार ६४१, कतारका लागि ११ हजार २०२, मलेसिया १२ हजार ६०२, कुवेत चार हजार ७६, रोमानिया दुई हजार २९९ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत साउनदेखि चैत महिनासम्म ९ महिनाको तथ्याङ्क हेर्दा पाँच लाख ४२ हजार १३४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मङ्सिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १५७ जना सांसद उपस्थित

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा उपत्यकाकोका तीन स्थानको एयर क्वालिटी

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका