दाङमा आगलागीमा परी एक वृद्धको मृत्यु

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७ वर्षीय वीरबहादुर बोटे छन् । आगलागीमा भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा

काठमाडौँ, ६ जेठ । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा

काठमाडौँ, ६ जेठ । बलिउड अभिनेता ज्याकी श्राफको मुद्दामा दिल्ली उच्च अदालतले फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति,

काठमाडौँ, ६ जेठ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् ।  एनक्लेक्स नेपाल प्रायोजन र