सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको सांसद थापाको घोषणा

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् ।

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए ।  मुख्यमन्त्री दीर्घ सोडारीले  मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । 

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १५७ जना सांसद उपस्थित

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा उपत्यकाकोका तीन स्थानको एयर क्वालिटी

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका