नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ ।

शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरेका थिए ।

शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुखहरु उपस्थीत भएको यस जात्रामा दर्जनौ झाक्री सुमुहहरु उपस्थीत भएको थियो । पुजामा पपश्चात पालिका अध्यक्षले बोल्दै सुरुवाती वर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताहरुको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने जानकारी पनि दिए ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए । साथै अवको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थीत बनाउनेमा पहल गर्ने जानकारी पनि दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा

काठमाडौँ, ८ जेठ । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार ११९ रकम राजस्व

काठमाडौँ, ८ जेठ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो

काठमाडौँ, ८ जेठ । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।प्रतिनिधिसभाको बैठक बिहान ११