लागु औषध सहित दुई जना पक्राउ

काठमाडौँ, ३० चैत । काठमाडौँबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौँ तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१–००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने गर्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास गराएरै छाड्ने बताएका छन्

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई

काठमाडौँ, २९ माघ । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । उस्तै विषयसँग

काठमाडौँ, २९ माघ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि