हलमा आजबाट ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

काठमाडौँ, ३० चैत । । आजबाट नेपालभर दुई नयाँ फिल्म रिलिज भएका छन् ।

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला : एमए थर्ड क्लास’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ हलमा लागेका छन् ।

‘डिग्री माइला’ले शैक्षिक बेरोजगारको अहंकार र त्यसले सिर्जना गर्ने परिणतीको कथा भन्छ ।दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको शीर्ष भूमिका रहेको यो फिल्मको लम्बाई १५० मिनेट छ । यू सर्टिफिकेट प्राप्त गरेको यो फिल्ममा दयाहाङले डिग्री उत्तिर्ण बेरोजगार पात्रको भूमिका निर्वाह गरेका छन् ।

जर्मनीबाट दृश्य मानवशाष्त्रमा विद्यावारिधी गरेका देवकोटाको यो ‘मिस्ट्री रियालिज्म’ जनराको फिल्मले कतारबाट नेपाल आएको एउटा शवको कफिन र रातो सुट्केसलाई नेपालको गाउँमा लैजान मुख्य पात्रले गरेको यात्रको कथा भन्छ ।

सौगात मल्लको पात्रलाई उक्त शव पुर्‍याउन जिम्मा दिइन्छ । त्यो यात्राको क्रममा उनले लौकिक र अलौकिक घटनाको साक्षी बन्नुपर्छ । कथावस्तुसँगै दृश्यात्मकरुपमा छायांकन र ध्वनी विधामा प्रशंसा बटुेलेको यो फिल्ममा प्रवीण खतिवडा, बिपिन कार्की र सृष्टि श्रेष्ठको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।