टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव र् रहेका छन् । गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको हो ।

टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा

काठमाडौँ, २९ माघ । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार

रौतहट, २९ माघ । सर्लाही स्थित एक घरमा गएराति भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण

काठमाडौँ, २९ माघ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।