‘महाजात्रा’ले गर्यो २३ करोड ग्रसकलेक्सन

काठमाडौँ, ३० चैत । चलचित्र ‘महाजात्रा’ले २३ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । प्रदर्शनको चौथो सातामा प्रवेश गरेको सिनेमाले २३ करोड एक लाख ग्रस कलेक्सन गरेको हो । 

निर्माण पक्षले नेपालमा १९ करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ । चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत मुख्य भूमिकामा छन् ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमामा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्