मिडिया काउन्सिल विधेयक आजै पारित गर्ने सरकारको तयारी

काठमाडौँ, ३० चैत । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक आजको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् । 

आज काठमाडौँमा आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको १२ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् । 

उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर