रेशम चौधरीको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ, ३० चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । 

टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । कैलाली प्रहरीका अनुसार बुधबार राति

काठमाडौँ, २४ माघ । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार

काठमाडौँ, २४ माघ । चितवनको सौराहा क्षेत्रमा देखिरहने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ । जंगली हात्ती मकुनाको

काठमाडौँ, २४ माघ । देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप