बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौँ, २९ चैत । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा हेम्जा सईखेतमा पल्टिँदा सात जना घाइते भएका हुन् । घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् ।

यसैगरी म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएको घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा बस सडकको वायाँ साइडमा पल्टिएको थियो । वडा प्रहरी कार्यालय बगरको टोलीले घाइतेहरुको उद्धार गरेको थियो । बस चालक म्याग्दीको बेनी नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।