२०८१ वैशाख २ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, २८ चैत । बुधबार बसेको प्रतिधिनिधि सभाको बैठक २०८१ वैशाख २ बस्ने गरी स्थगित गरिएको छ । 

आजको बैठकमा विशेष समयमा दलका सांसदहरूले आ-आफ्नो कुरा राखेका थिए । सो समय सकिएपछि प्रतिपक्षी दलहरू आ–आफ्नो ठाउँमा उभेर बैठक अवरुद्ध गरेका थिए । आ-आफ्नो स्थानमा बस्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदहरू नबसेपछि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)