ललितपुर, २८ चैत । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त चापागाउँ खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३२ हजार ५ सय ३५ रुपैयाँ र २ बुक तास बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।