२०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्छौ: उपाध्यक्ष पौडेल

पर्वत, २८ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकसित गरिने बताएका छन् । 

एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले  २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताए । उनले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताए । 

उपाध्यक्ष पौडेलले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव भने । “अन्य दलहरू मुलुक निर्माणका लागि असफल भइसकेका छन्”, उनले भने । विसं २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । एमालेले बहुमत ल्याए पनि सहयात्री वामपन्थी दललाई समेत समटेर सरकार बनाइने उनले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।