नेप्से ९.१९ अंकले बढ्यो

काठमाडौँ, २७ चैत । आज सेयर बजार ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३६ अंकमा कायम भएको छ । कुल ४ अर्ब १४ करोडको कारोबार भयो । यसअघि आइतबार ४ अर्ब २५ करोडको कारोबार भएको थियो ।

कुल १३७ कम्पनीको मूल्य बढ्दा १०१ को घटेको छ भने ७ को स्थिर रह्यो । फाइनान्स र अन्य समूह २–२ प्रतिशतभन्दा धेरै बढे । उत्पादन र माइक्रोफाइनान्स समूह भने १ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ३, विकास बैंक २७, फाइनान्स ५६, हाइड्रोपावर १८, जीवन बीमा ५०, निर्जीवन बीमा १०५, अन्य ४० र ब्यापार समूह ११ अंक बढे । माइक्रोफाइनान्स ४६, उत्पादन १०० र होटल तथा पर्यटन समूह ३५ अंक घटे ।

जानाकी फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ८.४ र उन्नति सहकार्य लघुवित्तको ७.७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मानुषी लघुवित्तको ५.३, सबैको लघुवित्तको ४.४, समता लघुवित्तको ४.४ र बुद्धभूमि हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र पोखरा फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा