बन्दुकसहित एकजना पक्राउ

काठमाडौँ, २६ चैत । कास्कीको पोखरा महानगरपालिका–२० स्थित भलामखोरबाट प्रहरीले दुई नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अवैध शिकार गर्ने गरेको सुराकको आधारमा भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई पक्राउ गरेको हो । उनको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले मृगको छाला, खुट्टा र पुच्छर सहितको आलो मासु बरामद गरेको छ ।  

भरुवा बन्दुकको खाली टोटा १३ थान र भरी खोका १ थान तथा २० ग्राम बारुद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो