बन्दुकसहित एकजना पक्राउ

काठमाडौँ, २६ चैत । कास्कीको पोखरा महानगरपालिका–२० स्थित भलामखोरबाट प्रहरीले दुई नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अवैध शिकार गर्ने गरेको सुराकको आधारमा भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई पक्राउ गरेको हो । उनको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले मृगको छाला, खुट्टा र पुच्छर सहितको आलो मासु बरामद गरेको छ ।  

भरुवा बन्दुकको खाली टोटा १३ थान र भरी खोका १ थान तथा २० ग्राम बारुद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण