काठमाडौँ, २५ चैत । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ पक्राउ गरेको हो ।
अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
उता बर्दियाको १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ विवाह गर्छु भनी प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।