हिजो तिमी जस्तो थियाै
म पनि उस्तै थिएँ
बाटो अनेक छ्न
तर
पुग्ने गन्तव्य उही
केवल
फरक त विश्वास थियाे ।
आँखाले नदेखिने
त्यो
अदृश्य विश्वास
खै तिमीले कसरी
महसुस गर्याै वा गरेनाै
तर
म
भावनाले प्रष्ट पार्न खोज्थें
तिमीले बुझ्ने प्रयास गरेनाै
मुटु नै चिरेर
दिन त म कहाँ सक्थेँ र!
तर
दिएथे् विश्वाश ।
जब
तिमि वयस्क भयाै
जब तिमी रूपले बल्याै
सारा दुनियाँ
तिम्राे भयाे
तर म
तिम्राे भइनँ
म सँग
छ त
उहीँ एउटा विश्वास
तिम्राे लागि
याे हृदयभित्र ।
राम चन्द्र प्रजापति