उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौँ, २४ चैत । आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो । 

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाजुरा, ३ माघ । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नेपाली कांग्रेस बुढीगङ्गा नगर

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण

म्याग्दी, ३ माघ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन