ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी, २३ चैत । बैतडीको पाटन नगरपालिका वडा नं.  ८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार ट्र्याक्टर चालक समेत रहेका कञ्चनपुर निवासी ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको हो ।  अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण