महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौँ, २० चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्ने जोड दिनुभएको छ ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताउनुभयो ।

उहाँले सरकारले चाँडै महिला उद्यमशिलताको प्रवद्र्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागिएको जानकारी गराउनुभयो । आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताविना देश विकासको सम्भावना नरहेको बताउनुभयो ।

उहाँले व्यापार र लगानीका गतिविधिमा महिलालाई अगाडि बढाउन सरकारले दृढ संकल्पका साथ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्राथमिकता दिएको बताउनुभयो । मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ कार्यक्रममा महिला उद्यमीलाई सहभागी गरेर महिला उद्यमीले उत्पादन गरेका वस्त तथा सेवाको अन्तर्राष्ट्रियकरण गराउन सरकारका तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।

उद्यमशिलतामा महिला सहभागितालाई बढावा दिन मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने उहाँले बताउनुभयो । उहाँले मन्त्रालय महिला उद्यमीसित सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले नेपाली महिलाले सञ्चालन गर्ने उद्योगलाई मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

यही चैत १६ गतेदेखि सुरु भएको उक्त मेलामा देशका विभिन्न ठाउँका महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु प्रदर्शनीमा राखिएको महासंघका अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक