समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो : प्रधानमन्त्री

काठमाडौँ, २० चैत । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै रहेको बताएका छन् ।

आज काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए । 

उनले भने, ‘नेपाल मात्रै अहिले त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, यहाँका देशभक्तहरू अझै पनि एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो ।  त्यस कारण मैले यीनै कुरालाई आत्मसाथ गरेर नै केही जोखिम भएपनि, केही चुनौती भएपनि देशभक्त बामपन्थीहरुलाई एक ठाउँमा ल्याउने जमर्को गरेकै हो ।’ ‘यो संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरू मिलेर जाँदा देश समाजवादतर्फ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने देशमा प्रतिगामी खतरा पनि हुँदै जाने सम्भावना छ । त्यस कारण हाम्रो जिम्मेवारी छ कि यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातर्फ अगाडि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभूतिबाट शिक्षा लिँदै अगाडि जान जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन