काठमाडौँ, ९ चैत । १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गोरखाको बाह्रकिलो घर भइ नागार्जुन नगरपालिका–४ बस्ने २० वर्षीय रिकेश दासलाई नागार्जुनबाटै पक्राउ गरेको हो ।
दासले ललितपुर महानगरपालिका–२३ मा भाडामा बसेका अर्घाखाँचीका केशव पौडेलको कोठाबाट १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोप छ । उनले रानिहार १ थान, चन्द्रमा २ थान, इन्डियन मंगलसुत्र १ थान, लकेट १ थान र झुम्का १ जोर गरी १० तोला बराबरको सुन ३० फागुनमा चोरी गरेको प्रहरीले जनाएको छ ।