अनलाइन क्यासिनो गेम खेलाउने ६ जना पक्राउ

काठमाडौँ, ८ चैत । क्यास एप एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार सर्लाहीको ब्रम्हपुरी नगरपालिका–७ घर भई काठमाडौंको टोखा नगरपालिका–६, मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामवीर ठाकुर, मोरङको बेलबारी नगरपालिका–१० घर भई टोखा बस्ने २२ वर्षीय प्रमिश श्रेष्ठलाई पक्राउ गरेको हो ।

त्यस्तै, बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २२ वर्षीय प्रशय जमकट्टेल, झापाको गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२, बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौँ महानगरपालिका–१४, कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ छन् ।  

विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास उनीहरूले दिलाउने गरेका थिए । हारजित हुने र आफूले लाभ लिने उद्देश्यले उनीहरूले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेका थिए ।

अनलाइन क्यासिनो खेलाउन प्रयोग गरिएका ल्यापटप र मोबाइलसहित उनीहरूलाई मंगलबार राति विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो