काठमाडौँ, ८ चैत । काठमाडौँ र ललितपुर जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार बुधबार काठमाडौँको नागार्जुन नगरपालिका-२ बस्ने रामकृष्ण पाण्डेको घरमा चोरी भएको हो । कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख रुपैयाँ समेत गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
त्यस्तै यता ललितपुरको ललितपुर महानगरपालिका-२६ सुनाकोठी डेरा गरी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ घर भएकी कमला सिटौलाको कोठाबाट सुनका विभिन्न गहना लगायतका समान गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।