एक युवकको हत्या, दुई जना पक्राउ

जनकपुरधाम, ८ चैत । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको छ ।

हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।

गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०