‘यायावर जिन्दगी’

शब्दको सागरमा पौडिन भनी,

सहर पठाएकी मलाई नि:शब्द बनाई,

सन्देश नपुग्ने गाउँ किन गयौ आमा ?

मलिलो माटो जस्तो उर्वरशील हुनु भनी किन हावासँगै बिलायौ आमा,

मेरा सबै दुख हरेर सुख दिने मान्छे तिमी मेरो जीवनको सुमधुर सङ्गीत तिमी,

किन असिम जीवनको अभिलाषामा बग्यौ आमा ?

शून्यताको नादमा किन हरायौ आमा ?

पूर्णताको उन्मादमा किन बिलायौ आमा कैयन प्रश्नहरू छन् अनुत्तरित,

सही के हो ? , शुभ के हो ? जीवन के हो ?, मृत्यु के हो ? धर्म के हो? कर्म के हो ? हिँड्नु भनेको पुग्नु हो भने कता हिँड्याै आमा ?कहाँ पुग्यौ आमा ?

मैले फेर्ने श्वास जहाँ पुगेर ठोकिन्छ,

कतै त्यतै त छैनौ आमा ! धरती आउनु अघिको मेरो लोक धरतीपछि विलिन तिम्रो लोक,

एउटै लोक त हैन आमा यदि त्यसो हो भने जीवनको सत्य बुझेर अब म मिरा जस्तै नाच्छु,

कबिर जस्तै गाउँछु कृष्ण जस्तो सम्पुर्णतामा रम्छु बुद्धजस्तो ध्यानमा डुब्छु र तमाम जिन्दगीहरूलाई भन्छु,

“यायावर हुँ, जीवनको खोजमा निस्केको घसृन्छु, लर्बराउँछु, लड्छु, उठ्छु, पुनः हिँड्छु, निरन्तर हिँडिरहन्छु मलाई थाहा छ,

मेरो गन्तव्य जीवनलाई लम्बाईले होइन गहिराईले नाप्छु निरर्थकताको अनुभवबाट सिकेर

,सार्थकताले जिउँछु खुसी हुनु मेरो धर्म हो, धर्म सँगै बाँच्छु ।

संगम सुवेदी, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका