काठमाडौँ, ८ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ ।
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ ६० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।
इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए ।
इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।