राष्ट्र बैंकले १ अर्ब ९१ करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ, ७ चैत । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने भएको छ ।

२०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि बैंकले कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो । एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । 

बैंकको सूचना अनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ भने विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि क्रमशः २८ करोड ६६ लाख र ९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश

बागलुङ, २ असार । पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका

काठमाडौँ, २ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच

काठमाडौँ, २ असार । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टमले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा