होली मनाउँदा सार्वजनिक स्थानमा हो–हल्ला नगर्न आग्रह

काठमाडौँ, ७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीपर्व मनाउँदा अनावश्य तडकभडक र सार्वजनिक स्थानमा हो–हल्ला नगर्न आग्रह गरेको छ । 

ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको पर्व होली सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै भनेको छ, “होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ । चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा नगर्न आग्रह छ,” “मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन अनुरोध छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।